गौरीगङ्गा नगरपालिकाको संक्षिप्त परिचय
स्थापनाः २०७३ फागुन २७ गते वडा संख्याः ११ वटा
गौरीगङ्गा नगरपालिका नेपालको सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लामा पर्दछ । नगरपालिका घोषणा गर्दा साविकका चौमाला, मसुरिया र उदासीपुर गा.वि.स. को वडा नं १, २ र ५ समावेश गरिएका थिए । विश्व मानचित्रमा २८° ३८’’ देखि २८° ५१’ ३०’’ उत्तरी अक्षांस देखि ८०° ५४’ ३०’’ पूर्व देशान्तर सम्म फैलिएको र समुन्द्री सतह देखि १६५ मि. देखि ९४४ मि. को उचाईमा, काठमाडौँ देखि ६२२ कि.मि. को दूरीमा रहेको छ ।
क्षेत्रफलः २४४.४४ वर्ग.कि.मि.
खेती योग्य जमिनः ११७.१५ (४७.९३५),
वनजंगलः १०६.०६ (४४.६४५),
चरनः ४.१३ (१.६९५),
ताल पोखरीः १०.५ (४.३०५),
अन्यः ६.६ (२.७०५)
सिमानाः पूर्व–घोडाघोडी नगरपालिका, पश्चिम–धनगढी उ.म.न.पा. र गोदावरी नगरपालिका, उत्तर–चुरे र मोहन्याल गाउँपालिका, दक्षिण–कैलारी गाउँपालिका ।
हावापानीः जलवायुको हिसाबले यस नगरपालिका उष्ण, उपोष्ण, शितोष्ण, समशितोष्ण रसम प्रकारको हावापानी रहेको छ । तापक्रम अधिकतम ३७.२ न्यूनतम ७.१ डिग्री सेल्सियस रहन्छ । मनसुनी र पश्चिमी वायुले पानी पर्ने गर्दछ ।
प्रमुख नदीनाला तथा तालतलैयाहरुः
१. गौरीगङ्गा नदी
२. शिवगंगा नदी
३. चौमाला नदी
४. लिक्मा नदी
५. कटैनी नदी
६. जोगनीया ताल, वनताल, भैसवा ताल
७. चम्रैया ताल
८. लोटेहुवा ताल
९. त्रिवेणी ताल, रारा ताल
धार्मिक, प्राकृतिक तथा पर्यटकीय महत्वका स्थलहरुः
१. मोहन्याल मन्दिर, रामकृष्ण मन्दिर, वडा नं. १
२. शप्तऋषि आश्रम, वडा नं. २
३. गायत्री अनुष्ठान, वडा नं. ४
४. राधाकृष्णमन्दिर, कालिका मन्दिर, वागडोला मन्दिर, वडा नं. ४
५. दैद्वारी मन्दिर, गोलादेउ, वडा नं.६
६. शिव मन्दिर, कालिका मन्दिर, वडा नं.५
७. मोहन्याल बाबा मन्दिर, वडा नं. ७
८. थारु देउथान उदाशिपुर, वडा नं. १०
जनसंख्याको विवरणः (२०७८ को जनगणना अनुसार)
१ जम्मा जनसंख्या ६४,५५८
२ पुरुष २९६९१ (४६%)
३ महिला ३४८३७ (५४%)
४ लैंगिक दर (प्रति १०० महिलामा पुरुषको संख्या) ८५.१६%
५ जम्मा परिवार संख्या १३७८१
६ परिवारको औषत आकार ४.६८
७ कुल साक्षरता दर ७५.२०%
८ महिला साक्षरता दर ६८.१०%
९ पुरुष साक्षरता दर ८३.७०%
१० जनघनत्व (प्रतिवर्ग कि.मी.) २६४
नोटः जनसंख्या सम्बन्धी थप विवरणका लागि यस नगरपालिकाको रातो किताब वा https://censusnepal.cbs.gov.np/results/np/population?province=7&district=76&municipality=4 बाट पनि हेर्न सकिनेछ ।
प्रमुख पेशा कृषिः
मुख्य अन्न बालीहरु धान, मकै, गहुँ, दलहन बालीमा अरहर, मास, मसुरो, केराउ, चना तेलहन बालीमा तोरी, अर्सी, तिल तरकारीमा आलु, प्याज, काउली, भिन्डी, लसुन, उखु, केरा नगदे बाली ।
सिंचाइः
सतह एवं भूमिगत जल सिंचाईको स्रोत पर्याप्त मात्रामा रहेको भए पनि सोको उचित मात्रामा उपयोग गर्न नसकिएको अवस्था ।
साना सिंचाई समूहः न्यू सूर्योदय कृषक समुहबाट सिंचित क्षेत्र १०, वडा नं. ४ सिंचाई आयोजना, कनरा सिंचाई आयोजना, वडा नं. ३ को लालमाटी सिंचाई आयोजना, कुचैनी स्थित बेलेनी सिंचाई आयोजना ।
पशुपालनः
गाई, भैँसी, बाख्रा, सुँगुर, बंगुर, हाँस, कुखुरा नै यहाँका मुख्य घरपालुवा जनावर हुन । विभिन्न पशुपालन समूह तथा समितिबाट पशुपालन व्यवसाय भैरको छ । छाडा गाईबस्तु छोड्ने बढ्दो प्रवृत्तिले चुनौती थपिएको ।
वैकिङ तथा वित्तीय संस्थाहरुको विवरणः
एन.आई.सी. एसिया बैंक वडा नं. १
गोर्खाज फाईनान्स लि. वडा नं. १
नवजिवन सहकारी संस्था लि, वडा नं. १
राष्ट्रिय बाणिज्य बैंक, वडा नं. ३
मुक्तिनाथ विकास बैंक, वडा नं. ४
किसान बहुउद्देश्यीय लघुवित्त वडा नं. ७
एन.एम.वि. वैंक वडा नं. ८
महालक्ष्मी विकास वैंक वडा नं. ८
निर्धन उत्थान विकास बैंक वडा नं.८
व्यापार तथा उद्योगको विवरणः
सामान्य रुपमा होलसेल व्यापार भए पनि थोक व्यापारमा विस्कुट, साबुन, चाउचाउ, चिया, चिनी आदिर निर्मित इलेक्ट्रिक र इलेक्ट्रोनिक्स सामानहरूका साथै विभिन्न तेस्रो मुलुकहरूबाट उत्पादन भई पैठारी गरिएका घरेलु उपयोगका माल सामानहरूको समेत उल्लेख्य मात्रामा थोक र खुद्राबिक्री हुने गरेको पाइन्छ । स्थानहरु व्यापारीक केन्द्रको रुपमा विकसित भई रहेका छन । चौमाला वडा नं. १, राजीपुर वडा नं. ४, बढैपुर वडा नं.८, बनबेहडा वडा नं. ६, मुसुरीया वडा नंं. ७, झिल वडा नं ३, उदासीपुर वडा नं. ११
संघ संस्था तथा विभिन्न समूहहरुः
महिला सशक्तिकरण (प्रगति समूह),
प्रगतिशील आमा समूह,
सम्झना तथा नवज्योति नागरिक सचेतना केन्द्र,
समैजी नागरिक सचेतना केन्द्र
मंगल, हरियाली, वडिमालिका युवा क्लव वडा नं. १
काफली युवा क्लव वडा नं. २
केदार युवा क्लव वडा नं. ३
त्रिपुरा युवा क्लव वडा नं. ६
मसुरिया, जागृति युवा क्लववडा नं.७
गौरीगंगा ११ स्पोर्ट क्लव वडा नं. ८, दीप ज्योति यूवा क्लव वडा नं. ४
सगरमाथा, निउछार, जय वजरगंबली, जनजागृती, प्रगतिशील, थ्री स्टार, महालक्ष्मीयुवा क्लव वडा नं. १०
कल्की प्रगतिशील, जनजागरण, विद्यासागर युवा क्लव वडा नं. ११
आर.टि.आई.युवा संजाल
उद्योग वाणिज्य संघ
वजार व्यवस्थापन समिति
सडक पूर्वाधारः
१ पूर्वपश्चिम लोक मार्ग २२ कि.मि.
२ बनबेहडा सरौटा सडक ६ कि.मि.
३ चौमाला झिल आमबगिया सडक ६ कि.मि.
४ चौमाला पुतली सेलाउना सडक ६ कि.मि.
५ चौमाला बालुवागडा सडक १० कि.मि.
६ राजिपुर लंगडी खुरखुरिया कुटी सडक ६ कि.मि.
७ राजिपुर बालुवागडा सडक ८ कि.मि.
८ बढैपुर चमारीपुर ६ कि.मि.
९ बढैपुर उदासीपुर भगतपुर सडक ७ कि.मि.
१० बढैपुर अण्डैया आनकोट सडक ६ कि.मि.
११ साझाबजार ऐठा डम्मरीपुर सडक १४ कि.मि.
१२ साझावजार कैलाशपुर ठन्डापानी सडक १० कि.मि.
शैक्षिक संस्थाहरूको विवरणः
सि.न शैक्षिक संस्थाको विवरण वडा नं. संचालीत कक्षा
क. खप्तड बहुमुखी क्याम्पस मन्कापुर ७ स्नातक
ख. चौमाला बहुमुखी क्याम्पस, चौमाला १ स्नातक
१. जनप्रिय मा.वि. लिक्मा ८ १-१२
२. सुनपाल मा.वि. इन्द्रपुर ७ १-१०
३. मोहन्याल मा.वि. अण्डैया ५ १-१०
४. भवानी राष्ट्रिय मा.वि.ऐंठा ११ १-१०
५. महादेव मा.वि. शंकरपुर ९ १-१०
६. शिवालिक आ.वि. साझावजार ७ १-८
७. सिंहासन आ.वि., मट्कौना ७ १-८
८. जनचेतना आ.वि. बनखेत ९ १-८
९. जनजाग्रित आ.वि. अण्डैया ५ १-८
१०. दुर्गा प्रा.वि. चमारीपुर ८ १-५
११. आर्दश आ.वि. इन्द्रपुर ७ १-६
१२. जनज्वती प्रा.वि. डमारीपुर ११ १-५
१३. श्रृजनशिल प्रा.वि. ८ १-५
१४. त्रिपुरेश्वर प्रा.वि., लिक्मा कटान ८ १-५
१५. शिशुसुधार प्रा.वि. अण्डैया ५ १-५
१६. जनसमुदाय प्रा.वि. महादेवा ७ १-५
१७. शंकर प्रा.वि. शंकरपुर ९ १-५
१८. सरस्वती प्रा.वि. बढैपुर ८ १-५
१९. सरस्वती मा.वि. उदासीपुर १० १-१०
२०. कालीका आ.वि. शिवपुर ११ १-८
२१ं. शिव आ.वि. डम्मारीपुर ११ १-८
२२. महालक्ष्मी प्रा.वि. भैंसासुर १० १-५
२३. वेताल प्रा.वि. उदासीपुर १० १-५
२४. केदारेश्वर आ.वि. १ १-८
२५. जनता आ.वि. ४ १-८
२६. भागेश्वरी आ.वि. २ १-८
२७. पशुपति मा.वि. १ १-१०
२८. जनजागृती आ.वि. ३ १-८
२९. भैरव प्रा.वि. ६ १-८
३०. सिद्वबाबा आ.वि. ४ १-८
३१. शिव नमुना आ.वि. ३ १-८
३२. कालिका मा.वि. ४ १-१२
३३. अमर मा.वि. ६ १-१०
३४. मालिका मा.वि. २ १-१२
३५. मसुरखेत आ.वि. ४ १-८
३६. आनन्द प्रा.वि. ६ १-५
३८. नवजीवन प्रा.वि. १ १-५
३९. वेताल प्रा.वि. २ १-५
४०. बागडोला प्रा.वि. ४ १-५
४१. जनएकता प्रा.वि. १ १-५
४२. कालिका प्रा.वि. २ १-५
४३. जनता प्रा.वि. ६ १-५
विद्युतीकरणः
विद्युत सम्वन्धी सहकारी संस्थाहरु मार्फत विद्युतकरणको कार्य व्यवस्थापन तथा संचालन ११ वटा वडामा विद्युत जडान भएता पनि करीव १५ प्रतिशत सेवा विस्तार हुन वाँकी रहेको ।
स्वास्थ्य संस्थाः
प्राथमिक स्वास्थ्य केन्द्र १ वडा नं. २
स्वास्थ्य चौकी,मसुरिया १ वडा नं. ९
सामुदायिक स्वास्थ्य इकाई १ वडा नं. ५
गाँउघर क्लिनिक तथा खोपक्लिनिक संख्या १३ विभिन्न वडाहरुमा
महिला स्वास्थ्य स्वयम् सेविका ७४ जना विभिन्न वडाहरुमा
बडिमालिका पोलिक्लिनिक १ वडा नं. ४
खानेपानी तथा सरसफाईः
खानेपानीको प्रमुख स्रोत ट्युवेलहाते पम्प रहेको । यसको प्रयोग गर्ने घरधुरी संख्या ९,३३२ (९२.६५ प्रतिशत) धारा/पाइपको खानेपानी २९१ (२.८९ प्रतिशत), खुल्ला इनार/कुवाको ५३ (०.५३ प्रतिशत), ढाकिएको इनार/कुवाको १८ (०.१८ प्रतिशत), मूल धाराको ३७ (०.३७ प्रतिशत), नदी/खोलाको पानी १२३ (१.२२ प्रतिशत) तथा अन्य स्रोतको प्रयोग गर्ने घरधुरी संख्या २१८ (२.१७ प्रतिशत) रहेको ।
१. खानेपानी उपभोक्ता समिति, चौमाला वडा नं. १
२. खानेपानी उपभोक्ता समिति, राजीपुर वडा नं. ४
३. खानेपानी उपभोक्ता समिति, मसुरिया वडा नं. ७
४. खानेपानी उपभोक्ता समिति, उदासीपुर वडा नं. १०