FAQs Complain Problems

नेपाली नागरिकताको सिफारिस

लाग्ने समय: 
सोही दिन १ घण्टा भित्र (३ बजे सम्म कार्यालयमा आएको खण्डमा )
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रू ५००
आवश्यक कागजातहरु: 

१. बाबु, आमा वा पतिको ना.प्र.प.को प्रतिलिपि।

२. टोली दर्ताको रेकर्ड प्रतिलिपि।

३. विवाहित भए विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि।

४. व्यक्तिगत घटना लागू हुनु भन्दा पहिलेको विवाह भएमा विवाह सिफारिस।

५. जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि।

६. नाम, थर र जन्म मिति खुलेको शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि।

७.बाबु, आमा वा पतिको मृत्यु भएको भए, मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि।

८. बाबु, आमा वा पतिको मृत्यु भएको भए सनाखत गर्ने  प्रयोजनका लागि एकाघरको नजिकको दाजु/भाई वा काका/काकी र सासु वा देवर वा जेठाजु वा जेठा बाबा वा ससुरा आदि नाता खुलेको प्रमाणको प्रतिलिपि

९.विवाहित भए माइती तर्फको बाबु, आमा वा दाजु वा भाई मध्ये कसैको ना.प्र.प.को प्रतिलिपि।

१०. बसाई सराई गरी आएको भए सो को प्रमाण पत्रको प्रतिलिपि र जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि।

११. दुबै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति

प्रक्रिया: 

उल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमा निवेदन दिनु पर्नेछ ।आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमाउल्लेखित कागजातहरु सहित सम्बन्धित वडा कार्यालयमामा निवेदन दिनु पर्नेछ । आवस्यक परेमा स्थलगत सरजमिन तथा अन्य जाँचबुझको आधारमा सिफारिस गरिनेछ ।

जन प्रतिनिधि